ललितपुर – शुक्रवार राति कोपुन्डोलमा कार दुर्घटना भएको छ।
शनिबार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१-०२९ च ४२८२ नम्बरको कार कोपुन्डोलस्थित सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो। कारको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ।
कार चालक ललितपुरकै सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल रहेको प्रहरीले जनाएको छ ।