काठमाडौं- भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ झौखेल पिपलबोट नजिकै एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।
फागुन २४ गते बेलुकी सवा ६ बजे झौखेलमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ८ घर भएका २५ वर्षीय सन्तोष भुजेलको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती पवित्रा राईको मृत्यु भएको हो ।
पवित्राको फागुन १४ गते साँझ ७ः३० बजे भक्तपुर अस्पतालमा निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
सन्तोषले मादक पदार्थ सेवन गरी श्रीमती पवित्रालाई कुटपिट गरेको प्रहरीको दाबी छ । पवित्राको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता पाठकले जानकारी दिए ।