Nexkhabar

बालिकालाई बलात्कार अभियोगमा युवक पक्राउ

बर्दिया-   ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । थारुले बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीसँगको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top