रोल्पा- १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेको रून्टीगढी गाउँपालिका-१ लापल बस्ने २६ वर्षीय तुल बहादुर भन्ने आकाश घर्तीमगर हुन् । घर्तीमगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
आकाशले ती बालिकालाई बुधबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट सुर्पाल र ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।