काठमाडौं- टौखेल हाईट बलामी गुथी समाजद्वरा आयोजित धिमे बाजा तथा बांसुरी बाँजा प्रशिक्षण कार्यक्रमको ‘बाहा’ पूजा कार्यक्रम सम्पन्न भएको छ।

गुथि समाजका पदाधिकारी, प्रशिक्षक र शिक्षार्थीहरू गरी करिब ५५ जनाको उपस्थिति पूजा सम्पन्न गरिएको हो । कार्यक्रममा गुथि समाजका थकाली कृष्णा बहादुर बलामी, अध्यक्ष भाईकाजी बलामी, अन्य पदाधिकारी, प्रमुख प्रशिक्षक प्रेम कुमार श्रेष्ठ, शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षार्थीहरूले धिमे तथा बासुरी बाँजा प्रस्तुत गरेका थिए ।
गत जेठ १३ गतेबाट शुरु भएको कार्यक्रममा हाल ४० जना प्रशिक्षार्थीहरु सहभागी भईरहेका छन्। बाँजा प्रशिक्षण कार्यक्रमको दौरानमा नेवारी परम्परागत रूपमा पूजा कार्य भएको थियो। विशेष गरी बाँजा प्रशिक्षणको लागि नासस् द्य देवीको पुजा कार्यक्रमको शुरुवातमा प्राण प्रतिष्ठा तथा मध्यान्तर ‘बाहा’ पुजा र समापनको दिनमा विशेष पुजा हुने गुथि समाजले जानकारी दिएको छ ।
नागार्जुन नगरपालिकाबाट बाजा र नेवाः देय् दबूबाट प्रशिक्षकको व्यवस्था भई गुथि समाजको भवनमा कार्यक्रम संचालन भईरहेको छ ।