काठमाडौं- सर्लाहीस्थित बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक त रिकाले कमाएको दाबी गर्दै मुद्दा दायर गरेको हो । मेयर थापाले २०७४ असोजदेखि २०७९ माघसम्ममा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको पाइएको छ । तर आयोगको अनुसन्धानमा सोहि अवधिमा उनले १३ करोड २० रुपैयाँ लगानी र खर्च गरेको देखिएको हो ।
यसरी उनको आम्दानी र खर्च नमिल्दा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले कमाएको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ । सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुल उपर गर्न अख्तियारको माग रहेको छ ।