काठमाडौं – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले पनि निजी जग्गाका रूख काट्न सूचना जारी गरेको छ।
फागुन महिनाभरि रूख काट्न भन्दै वडाध्यक्ष शिव कार्कीले सूचना निकालेका हुन्।
उनले गाउँमा बाँदरको आतंक बढेको बताए। बालीनाली बाँदरले खाइदिएपछि मानिसहरूले बस्ती नै छाडेर हिँड्न थाले। मानव जोगाउनकै लागि निजी जग्गाका रूख काट्न भनिएको उनले बताए । ‘बस्तीहरू सबै सरेर तल आइसकेको अवस्था छ। बस्ती सरेपछि झन् वन बढ्छ। अर्कातिर निजी वन बढेर जग्गामा आयस्ता पनि हुन छाड्यो, ओगको कारणले,’ उनले भने । उनले वन फडानी गर्ने नभइ काँटछाँट गर्न लागिएको बताए।
गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन खोजेको थियो।
तर रूख काटेर बाँदरको समस्या हल नहुने टिप्पणी र आलोचना पछि मेयरले नै रूख नकाट्न निर्देशन दिएका थिए।