काठमाडौँ – नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।
महासंघका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा भाउ उच्च दरले बढेसँगै नेपाली बजारमा आइतबार यसको असर परेको हो । शुक्रवार छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजारमा कारोबार भएको छ।
यस्तै तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ रहेको सुन आज १ लाख 20 हजार ४५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ।