Nexkhabar

फेरि बढ्यो सुनको भाउ

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य थप बढेको छ । यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कायम थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७२० रुपैयाँ कायम  थियो ।

यसैगरी, महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २७ हजार ५७० रुपैयाँ तोकेको  छ ।  त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४७४ रुपैयाँ ५० पैसा रहेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top