Nexkhabar

फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं- फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । उनी राजधानीको कमलपोखरी क्षेत्रबाट सोमबार पक्राउ परेका हुन् ।

उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा परेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए । पक्राउ बारे थप विवरण आउने क्रममा छ । आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

आफूहरूको मन्जुरीबिना फिल्म ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए। थापा ‘प्रसाद–२’ का निर्देशक हुन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top