काठमाडौं- पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ ।
सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको र नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरिएको केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले जानकारी दिए ।
यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आईपीभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए।