Nexkhabar

पाकिस्तानमा ११ सैनिकसहित ५१ जनाको मृत्यु

सेनाका अनुसार ती आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० सर्वसाधारणको मृत्यु भएको छ। त्यस्तै १० महिला र २७ बालबालिकासहित १२१ जना घाइते भएका छन्। सेनाको विज्ञप्‍तिअनुसार ज्यान गुमाउनेमा पाकिस्तानी सैनिकका नाइक अब्दुल रहमान, लान्स नाइक दिलावर खान, लान्स नाइक इकरामुल्लाह, नाइक वकार खालिद, सिपाही मुहम्मद अदील अकबर र सिपाही निसार रहेका छन्। पाकिस्तानी वायुसेनाका स्क्वाड्रन लिडर उस्मान युसुफ, प्रमुख प्राविधिक औरंगजेब, वरिष्ठ प्राविधिक नजीब, कर्पोरल प्राविधिक फारुक र वरिष्ठ प्राविधिक मुबाशिरले पनि ज्यान गुमाएका छन्।सहिदको बलिदान साहस, समर्पण र देशभक्तिको प्रतिक भन्दै सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामाथि कुनै पनि चुनौतीलाई तत्काल, पूर्ण र निर्णायक जवाफ दिने समेत उल्लेख गरिएकाे छ।

जम्मु कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए। त्यसपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको हो।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top