काठमाडौं- बिहिवार सेयर बजार नेप्से सूचक १९.८९ अंक घटेको छ । नेप्से २०६९ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएको थियो ।
यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.७२, विकास बैंक ०.९७, लगानी १.१७, जीवन बीमा १.१३, माइक्रोफाइनान्स १.९६, निर्जीवन बीमा १.०७, अन्य ०.८१ र ब्यापार ०.३३ प्रतिशत घटे । उत्पादन समूह १.२३, हाइड्रोपावर ०.४९ र फाइनान्स समूहको सूचक ०.१५ प्रतिशतले बढे ।