Nexkhabar

नेप्से परिसूचक २ हजार १५२.१४ विन्दुमा

काठमाडौं- साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार बढेको छ । यो दिन नेप्से परिसूचक १५.७९ अंकले बढेर २ हजार १५२.१४ विन्दुमा पुगेको छ ।

सोमबार सामान्य अंकको करेक्सनमा आएको बजार यसदिन पुनः बढेको हो।यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेक्स सूचक पनि ३.५०अंकले बढेर ३८०.९६विन्दुमा पुगेको छ । यो दिन ३१६ वटा कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार भने बजार सामान्य अंक अर्थात् ४.६२ अंकले घटेर २ हजार १३६.३५ विन्दुमा बन्द भएको थियो । उक्त दिन ३२४ कम्पनीको १ करोड ४७ लाख ५ हजार १८१ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ५६ करोडभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको परिसूचक घटेको छ भने बाँकी सबै उपसमूहको परिसूचक बढेको छ।

यो दिनको बजारलाई हेर्दा लगानीकर्ताले लघुवित्त उपसमूहतर्फ आकर्षित भएको देखिएको छ । यो दिन उक्त समूहको शेयरमूल्य सबैभन्दा बढी अर्थात् ३.०६प्रतिशतले बढेको छ । लगानीकर्ताको आकर्षण लघुवित्ततर्फ भएपछि लघुवित्त उपसमूह सबैभन्दा बढी बृद्धि भएको छ । दोस्रोमा विकास बैंक छ ।

यो दिन लघुवित्त, विकास बैंक, अन्य र  हाइड्रोपावरमा लगानीकर्ता आकर्षित भएको देखिएको छ । यो दिन विकास बैंक २.४६ प्रतिशतले बढेको छ ।

यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको  छ । उक्त कम्पनीको १९ करोड ७७  लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।त्यस्तै नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।यसैगरी, जानकी फाइनान्सको १३ करोड ५६ लाखभन्दा बढीको कारोबार भएको छ ।

यो दिन तीन वटा अलग अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। यो दिन गणपति लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतका दरले बढेको हो । यसैगरी युनिक नेपाल र सबैको लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top