काठमाडौं – साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सामान्य अंक सुधार भएको छ । नेप्से आज ९ दशमलव ३३ अंकले बढेर २ हजार १७ दशमलव ३ अंकमा बन्द भएको छ ।
आज नेप्सेमा कुल ३ अर्ब ४५ करोड ८३ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ । आज कारोबार भएकामध्ये १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको सेयर मूल्य आज १० प्रतिशतले बढेर प्रतिशेयर रु ४०१.५० पुगेको छ ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज ओरालो लागेको छ । यस कम्पनीको शेयर मूल्य हाल ९.७१ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार वेल्स लिमिटेड र सोनापुर मिनरल्सको छ । यस कम्पनीको हालको आम्दानी ३३ करोड ३७ लाख रुपैयाँ छ ।