काठमाडौं- नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा मैत्रीपूर्ण प्रदर्शनी फुटबल खेल आयोजना हुने भएको छ । नेकपा एकीकृत समाजवादीका नेताहरु र पार्टी सम्बद्ध महासंघ तथा जनवर्गीय संगठनहरु बीच आगामी आषाढ ७ गते दिनको ३ बजे खेल हुने महासंघका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख नारायण दास गमालले जानकारी दिनुभयो ।

आयोजकले पार्टी अध्यक्ष माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु खेल खेल्ने जनाएको छ । खेल ललितपुर स्थित एण्ड कम्प्लेक्सको मैदानमा आयोजना हुनेछ । आयोजकले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फुटबल खेलको जर्सी प्रदान गरेका छन्।