काठमाडौं । हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी समूहले नेपालमै गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट तयार पारेको छ।
यही बैशाख २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेपछि व्यवसायिक उत्पादन थाल्ने तयारीमा छ ।
लक्ष्मी कन्टिनेन्टलका महाप्रबन्धक दिपक थपलियाले प्लान्ट गाडी उत्पादनका लागि तयार भइसकेको बताए । उनले सबै आधारभूत कामहरु सकिएको जानकारी दिए ।
उनका अनुसार एसेम्ब्लिङ प्लान्टको परीक्षण र पाइलटिङसमेत भइसकेको छ । कम्पनीले प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन गर्ने लक्ष्य बनाएको छ । त्यसपछि बजारको माग अनुसार नयाँ मोडलका गाडीहरु उत्पादन हुनेछन ।
कम्पनीले प्लान्ट नवलपरासीको रामग्राम नगरपालिका – ६ मा निर्माण गरेको छ । करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ । यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ।