Nexkhabar

नुनको मूल्य बढ्यो, अब प्रति प्याकेट कति ?

काठमाडौ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ ।

साल्ट ट्रेडिङको सञ्चालक समितिको आज (मंगलबार) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरेको हो।

मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यसैगरी उपभोक्ताले न्यु शक्ति नुन प्रतिकिलो २० रुपैयाँमा किन्नुपर्नेछ । यसअघि न्यु शक्ति नुनको उपभोक्ता मूल्य १६ रुपैयाँ थियो ।

साल्ट ट्रेडिङले भानु नुनको मूल्य भने यथावत् राखेको छ । साल्ट ट्रेडिङ भानु नुन प्रतिकिलो ९ रुपैयाँमै उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top