Nexkhabar

नागार्जुन नगरपालिकामा ‘क्लोथ बैंक’

काठमाडौं – नागार्जुन नगरपालिकाले ‘क्लोथ बैंक’ सञ्चालनमा ल्याएको छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौं कोही कपडा बिहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मासाथ गदै ‘क्लोथ एण्ड फूड बैंक नेपाल’को सहकार्यमा कार्यक्रम संचालनमा ल्याएको हो ।

नागार्जुन नगरपालिका र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता पनि भएको छ । देशको अर्थतन्त्र र मानिसको दैनिक जीवनमा आवश्यक पर्ने गाँसबास कपासलाई सहजीकरण गरी परोपकारी कार्य गर्ने उद्देश्यले स्थापित संस्थाले प्रयोगमा नआएका जुनसुकै कपडालाई प्रसोधन गरि आबश्यक निकायलाई निःशुल्क बाढ्दै आइरहेको छ ।

देशका नागरिकहरुले भोग्नु पर्ने गरिबी, अभावका कारण बिभिन्न सामाजिक द्धन्द र आत्महत्याको शिकार समेत भै रहेको अबस्थामा अभावमा रहेका नागरिकको जीवनयापनमा सहजीकरण गरी देशलाई बिकास र निकासको बाटोमा सघाउनु नै एक सच्चा नागरिकको दायित्व रहेको संस्थाका अध्यक्ष कमल जिसीले बताए। उनले नगरपालिकाको प्रांगणमा, २ न वडा कार्यालयमा, ७ न वडा कार्यालय र १० न वडा कार्यालयमा राखिने जानकारी दिए।

उच्च प्रबिधि द्वारा रिसाइकल र प्याकेजिङ गरि प्रयोगमा ल्याइने कपडा उच्च स्तरिय हुनुका साथै सुलभ समेत हुने संस्थाका संरक्षक तथा महानायक राजेश हमालले बताए ।

नगर प्रमुख मोहन बहादुर बस्नेतले यस किसिमको कार्यले दुःख पर्दा हामी एक ठाउँ छौ है भन्ने भावना समेत जगाउने स्पष्ट पारे । कार्यक्रममा बोल्दै उप प्रमुख शुशिला अधिकारीले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्नुका साथ साथै देशैभरि सहयोग हुने यस किसिमको कार्यक्रमलाई सबैले साथ दिन समेत अनुरोध गरिन् ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top