Nexkhabar

थाहानगरमा १३३ योजना संचालित, सबैभन्दा कम वडा नं. ६ मा (सूचिसहित)

पालुङ- मकवानपुरको थाहा नगरपालिकाले चालु आर्थिक वर्षमा एक सय ३३ वटा योजना कार्यान्वयनमा ल्याएको छ ।

नगरपालिकाले १२ वटा वडामा विकास निर्माणका विभिन्न एक सय ३३ वटा योजनाहरु संचालनमा ल्याएको हो । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा १७७ वटा योजना कार्यान्वयनमा ल्याएको थियो ।

नगरपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी वडा नं. ७ र सबै भन्दा कम वडा नं. ६ मा विकास निर्माणका योजना संचालनमा छन् । वडा नं. ६ मा गत आर्थिक वर्षमा पनि सबैभन्दा कम ९ वटा मात्रै योजना परेको थियो । गत आर्थिक वर्षमा वडा नं. ३ मा सबैभन्दा बढी २१ वटा योजना परेको थियो ।

चालु आर्थिक वर्षमा वडा नं. ७ ले १६ वटा योजना कार्यान्वयनमा ल्याउँदा वडा नं. ६ ले जम्मा ९ वटा योजना मात्रै संचालनमा ल्याएको छ ।

कुन वडामा कति ?

चालु आर्थिक वर्षमा वडा नं. १ मा १२ वटा योजना संचालित छन् । तीमध्ये ५ वटा योजना सम्पन्न भएको छ । यस्तै वडा नं. २ मा संचालित ८ वटा योजनामध्ये एक वटा सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ ।

वडा नं. ३ मा १४ वटा योजना संचालनमा रहेपनि हाल सम्म एउटा पनि योजना सम्पन्न भएको छैन । त्यस्तै वडा नं. ५ मा संचालित १५ वटा योजनामध्ये ४ वटा सम्पन्न भइसकेको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा कम योजना रहेको वडा नं. ६ मा ३ वटा योजना सम्पन्न भएको छ । यस्तै सबैभन्दा बढी योजना संचालनमा रहेको वडा नं. ७ मा पनि ३ वटा योजना कार्यान्वयन भएको छ ।

यस्तै १० वटा योजना संचालनमा ल्याएको वडा नं. ८ ले एउटा योजना सम्पन्न गरेको छ भने अरु प्रक्रियामा रहेको छ । त्यस्तै वडा नं. ९ ले ९ वटा योजना संचालनमा ल्याएकोमा २ वटा सम्पन्न गरेको छ ।

दश वटा योजना कार्यान्वयनमा ल्याएको वडा नं. १० ले हालसम्म ३ वटा मात्रै योजना सम्पन्न गरेको छ । यस्तै वडा नं. ११ ले ९ वटा योजना लागू गरेकोमा एउटा योजना सम्पन्न गरेको छ भने ९ वटै योजना संचालनमा ल्याएको १२ नम्वर वडाले ४ वटा योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।

योजनाहरुको अवस्था

    

Loading spinner

प्रतिक्रिया

Scroll to Top