Nexkhabar

तोलाको डेढ लाख पुग्यो सुन, अहिलेसम्मकै महंगो

काठमाडौं- सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको लागि एक तोला सुनको मूल्य एक लाख ५० हजार तोकेको छ। गत शुक्रबार एक लाख ४९ हजार ९०० रूपैयाँ पुगेको थियो। आइतबार दुई सय रूपैयाँ घटेर एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

सोमबार भने तोलामा ३०० रूपैयाँले बढेर एक लाख ५० हजार रूपैयाँ पुगेको छ। यसअघि कहिलै एक लाख ५० हजार रूपैयाँ बराबर पुगेको थिएन।

सोमबार चाँदीको मूल्य  प्रतितोला एक हजार ७८५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।  सुनको मूल्य अझै बढ्ने अनुमान विश्व बजारमा भने भइरहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top