काठमाडौं- शक्तिको समीकरण परिवर्तनसँगै शेयर बजार उछाल लागेको छ । कांग्रेस सरकार छाडेपछि शेयर बजारमा उल्लेख्य वृद्धि भएको छ । प्रमुख दल माओवादी र एमालेसँगको गठबन्धन सरकार गठन भएपछि लगानीकर्ता उत्साहित भएका छन् ।
सत्ता गठबन्धन परिवर्तनपछि शेयर बजारमा सोमबार तीनवटा सकारात्मक सर्किट ब्रेक देखिएको छ । ३ वटा सर्किट ब्रेकपछि आजका लागि कारोबार बन्द गरिएको छ । कारोबार सुरु भएको ३ मिनेटमै नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४ प्रतिशत वा ७९ अंकले बढेपछि पहिलो सर्किट ब्रेक भएको हो ।
२० मिनेटपछि ५ प्रतिशत (अर्को १ प्रतिशत अंक) अर्थात ९८ अंकले बढेपछि दोस्रो सर्किट भयो । दोस्रो सर्किट ब्रेक पछि व्यापार ४० मिनेट को लागी निलम्बित भएको थियो। दिउँसो १२ बजेर ४ मिनेटमा खुलेको बजारमा तेस्रो सर्किट ब्रेकपछि आजको कारोबार ठप्प भएको हो । समग्रमा सोमबार बजार परिसूचक नेप्से ६ प्रतिशत वा ११७ अंकले बढेको छ । यो संख्या बढेपछि नेप्से २०७८ मा कायम छ ।
कारोबार समय कम भएकाले दिनभर ३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । २३० कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मात्र घटेको छ ।