नागार्जुन नगरपालिका वार्ड नं. ६ टौखेल हाईटस्थित बलामी गुथि समाजको आयोजनामा स्थानीय तथा नेवाः संस्कृति जागरण अन्तर्गत धिमे बाजा र बाँसुरी बाँजा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।
प्रशिक्षण कार्यक्रमका लागि नागार्जुन नगरपालिकाले बाजा र नेवाः देय् दबूबाट प्रशिक्षक सहयोग हुने भएको छ । शुभारम्भ कार्यक्रममा नेवाः देय् दबू दक्षिणकाली नेवाः देय् दबूका अध्यक्ष प्रेम कुमार श्रेष्ठ, नागार्जुन नगरपालिका नेवा देय् द्बुका अध्यक्ष अजित पुतुवार, गुथि समाजका अध्यक्ष भाईकाजी बलामी श्रेष्ठ, गुथि समाजका थकाली कृष्ण बहादुर बलामी, अन्य पदाधिकारी र बाँजा प्रशिक्षक, शिक्षार्थी गरी करिब ७० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रम आगामी ४५ दिन सम्म संचालन हुनेछ। कार्यक्रमबाट ६० जना शिक्षार्थी निःशुल्क प्रशिक्षित हुने गुथि समाजले जनाएको छ । गुथि समाजले पहिलो पटक संस्कृतिक जागरण अभियान अन्तर्गत यो कार्यक्रम शुभारम्भ गरेको हो।