Nexkhabar

जन्ती बस दुर्घटनामा ३ जनाको मृत्यु, ५२ घाइते

काठमाडौं- लखाबाट विवाहको जन्ती लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।

शुक्रबार बिहान भिमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतिबाट छुटेको बा ४ ख ५६१६ नम्बरको जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको उक्त जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

 

Loading spinner

प्रतिक्रिया

Scroll to Top