बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका–६ काप्रीमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
कालिकोटक पलाता गाउँपालिका–२ का १८ वर्षीय वीरेन्द्र सार्की आफ्नै भिनाजु दिर्घ सार्कीको घर निर्माणको लागि जग खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनको घटनास्थलमै मृत्यु भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।