Nexkhabar

छालाको स्याहारमा सनस्क्रिनको प्रयोग कति महत्त्वपूर्ण ?

काठमाडौँ । छालाको स्याहारका लागि बच्चादेखि बुढासम्म सबै घामबाट जोगिनु राम्रो मानिन्छ । त्यसमाथि सबैभन्दा बढी घाममा देखिने अङ्गलाई त अझ धेरै जोगाउनु पर्ने चिकित्सकहरू बताउँछन् । 

Tata
Futuressoft
Folliderm

शरीरका अङ्गहरूमध्ये छाला सबैभन्दा बढी सेन्सेटिभ हुन्छ । शरीरको खुला भागलाई एक दिनको घामले मात्र पनि पूरै क्षति गराउँछ । त्यसैले छालाका रक्षा गर्न विभिन्न क्रिम लगाउने प्रवृत्ति आम मानिसमा छ । कतिपय मानिस जुनसुकै क्रिमलाई सनस्क्रिन ठान्छन् । तर सबै क्रिम सनस्क्रिन होइनन् । घामबाट छालालाई बचाउने क्रिम मात्र सनस्क्रिन हो । त्यसैले पानी शरीरका लागि जति महत्त्वपूर्ण हुन्छ, छालाका लागि सनस्क्रिन त्यति नै महत्त्वपूर्ण हुन्छ । 

Laxmi sunrise bank

हाम्रो शरीरको जुन अङ्ग वातावरणसँग धेरै जुध्छ, त्यो अङ्ग बढी सुक्खा हुन्छ । त्यस्तो त्यस्ता अङ्गलाई बढी केयर पनि गर्नु पर्दछ । त्यसका लागि घामबाट जोगाएर मात्र पुग्दैन । हामीले हाम्रो शरीरलाई सुक्खा हुनबाट समेत जोगाउनु पर्ने बताउँछन् छालारोग विशेषज्ञ प्राध्यापक डा. धर्मेन्द्र कर्ण ।

Shivam Cement

छालालाई सुक्खा हुन नदिन पर्याप्त पानी पिउने, मोस्चराइजर लगाउने, त्यसपछि सनस्क्रिनको प्रयोग गर्न सबैलाई डा. कर्णको सुझाव छ । घामबाट बच्न ‘सन् ब्लक क्रिम’ का साथसाथै ‘फिजकल सन ब्लक’ जस्तै चस्मा, क्याप, स्कार्फ, मास्क आदिको प्रयोग गर्नु पर्छ । 

Global Reach Consultancy

बजारमा थरीथरीका सनस्क्रिन पाइए पनि शरीरमा कस्तो खालको सनस्क्रिन लगाउने भन्ने कुरा छाला अनुसार फरक पर्ने हुन्छ । त्यो कुरा चिकित्सककहाँ चेक गराएपछि मात्र थाहा हुने डा. कर्णको भनाइ छ । जाडो महिनामा हो भने क्रिम वा लोसन बेसको सनस्क्रिन लगाउनु पर्ने हुन्छ । गर्मी महिना र चिल्लो अनुहार भएका व्यक्तिले भने जेल बेस सनस्क्रिन लगाउन डा. कर्णको सुझाव छ । 

Nabil bank

सामान्यतः हामी दिनमा एक पटक लगाएपछि पूरा दिन सनस्क्रिनले काम गर्छ भनेर ढुक्क हुन्छौं । तर एक पटक मात्र लगाएर सनस्क्रिनले दिनभरी काम नगर्ने हुँदा २ देखि ३ घण्टापछि पुनः सनस्क्रिन लगाउनुपर्ने डाक्टरहरूको सुझाव छ । आफ्नो शरीरमा जहाँ जहाँ घाम पर्छ वा कपडाले ढाकेको हुँदैन, त्यहाँ सनस्क्रिन लगाउनै पर्ने डा. कर्ण बताउँछन् । 

बाइक वा स्कुटरमा यात्रा गर्नेहरूले पनि अनुहार तथा छालाको सुरक्षाका लागि सनस्क्रिन प्रयोग गर्नुपर्दछ । बाहिरको तापक्रमले गर्दा चाया वा पोतो आउने हुनाले त्यसको सुरक्षाका लागि पनि सनस्क्रिनको प्रयोग गर्ने र घामबाट जोगाउन स्कार्फ, माक्स आदिको प्रयोग गर्न डा. कर्णको सुझवा छ । 

बजारमा पाइने सामान्य सनस्क्रिनमा एसपीएफ अर्थात् ‘सन प्रोटेक्सन फ्याक्टर’ को मात्रा उल्लेख गरिएको हुन्छ । त्यसका आधारमा दुई वर्षभन्दा माथिका सबै मानिसले यसको मात्राका आधारमा प्रयोग गर्न सकिन्छ । 

सनस्क्रिनको प्रयोग गर्दा पेसा के हो, कति घाममा हिँडिन्छ, कति बेलाको घाम हो जस्ता पक्षले पनि भूमिका खेल्छ । साना बच्चाहरूको छालामा सनस्क्रिनभन्दा मोस्चराइजर धेरै लगाउन पनि डा. कर्णको सुझाव छ । 

कतिपय व्यक्तिले सनस्क्रिनको प्रयोगले शरीरमा भिटामिन–डीको अभाव हुन्छ भनिरहेका हुन्छन् । यस सन्दर्भमा डा. कर्ण भन्छन्, ‘भिटामिन–डी’ का लागि अनुहार र हात नै चाहिन्छ भन्ने हुँदैन । ढाडबाट खुट्टाबाट पनि भिटामिन–डी लिन सकिन्छ । भिटामिन–डी को लागि ११ बजेदखि २ बजेसम्मको घाम चाहिन्छ । त्यसमा १५ मिनेट मात्र बस्दा शरीरका लागि पर्याप्त हुन्छ । त्यससँगै खानेकुराबाट पनि भिटामिन–डी’ प्राप्त गर्न सकिन्छ ।’

  • के खानेकुराले पनि छालामा असर गर्छ ?

डा. कर्णका अनुसार खानेकुरा भनेको मलजल हो । खानेकुराले सबैभन्दा पहिला असर गर्ने भनेको छालालाई नै हो । त्यसमा कपाल र नङ पनि पर्छ । डाइटिङ गर्दा, बिरामी हुँदा, कपाल झर्ने, ओठ सुक्ने, आँखाभित्र जाने लगायतका गतिविधि हुन्छन् । शरीरलाई चाहिने तत्त्वहरू, सन्तुलित आहार जहिले पनि चाहिन्छ । पानी पनि पर्याप्त मात्रामा चाहिन्छ । जङ्क फुड, चिल्लो र गुलियो खानेकुराले डन्डिफोर धेरै आउने र त्यसले कोलेस्ट्रोल, तौल, पे्रसर तथा सुगर बढाउने हुनाले खानपानमा विशेष ध्यान पु¥याउनु पर्दछ । शरीरलाई चाहिने सन्तुलित आहार दाल, भात, तरकारीमा पाइने हुनाले त्यसको भोजन गर्नु राम्रो हुन्छ ।

  • चाया पोतो आउनुको कारण र उपचार

डा. कर्ण भन्छन्, ‘चाया पोतो रोग होइन । त्यो हाम्रो शरीरलाई जोगाउने शक्ति हो । चाया पोतो हाम्रो छालाको छाता हो । जसरी घामबाट कालो चस्मा, कालो छाताबाट जोगिन्छौँ, त्यसरी नै छालालाई चाया पोतोले घामबाट बचाउँछ ।’

मोबाइल, कम्प्युटरबाट निस्कने प्रकाश, तापक्रम तथा विकिरणहरूले अनुहारको छाला डढ्ने हुनाले सनस्क्रिनको प्रयोग नगर्दा शरीर आफैँले आफ्नो सुरक्षाका लागि छाता स्वरूप तयार गर्ने तह चाया पोतो भएको डा. कर्ण बताउँछन् । 

चाया पोतोबाट बच्नका लागि बिहानै मोस्चराइजर लगाउने, सनस्क्रिन लगाउने, बढी घाम वा प्रकाशमा बस्नले पटक पटक लगाउन पनि सकिन्छ । बेलुका सफा पानीले अनुहार वा कपडाले नछेकेको छाला धुने गर्नु पर्छ । त्यससँगै चिकित्सकको सल्लाह अनुसार नाइट क्रिमको प्रयोग गर्दा पनि चाया पोतोको समस्या समाधान हुने डा. कर्णको सुझाव छ । 

Loading spinner

प्रतिक्रिया

Scroll to Top