काठमाडौं- ‘चिर’ र ‘आयु’ अर्थात् चिरायु । यसको अर्थ हुन्छ, जीवनको लामो आयु । हरेक नागरिकको लामो आयुको कामना गर्दै संचालनमा रहेको चिरायु नेशनल हस्पिटलले ‘तपाईंको स्वास्थ्य, हाम्रो प्रतिबद्धता’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै सेवा संचालन गर्दै आईरहेको छ ।
विगत १० वर्षदेखि काठमाडौंको बसुन्धारामा संचालित चिरायु नेशनल हस्पिटल काठमाडौंका चर्चित हस्पिटलहरु मध्य एक हो । सहुलियत शुल्क र गुणस्तरीय सेवाका कारण चिरायुको चर्चा चुलिएको हो । हस्पिटलका मेडिकल डाइरेक्टर प्रो. डा. उत्तमकुमार शर्माले सबैको पहुँचयोग्य र सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा प्रदान गरिरहेको बताउनु भयो । हस्पिटलले नागरिकको स्वास्थ्य उपचारलाई थप प्रभावकारी बनाउन सहुलियत मूल्यमा उच्चस्तरीय प्याकेजहरु ल्याएको छ ।
१. बेसिक डायबेटिज प्याकेज
हस्पिटलले एक हजार दुई सय रुपैँयामा डायबेटिज प्याकेज ल्याएको छ । जसमा ब्लड सुगर, युरिन रुटिन, डायबेटिज एजुकेशन र डक्टर कन्सल्टेशन इत्यादि पर्छ ।
२. जनरल बेशिक हेल्थ प्याकेज
हस्पिटलले ल्याएको यो प्याकेज अन्तर्गत थुप्रै सुविधा राखेको छ । यस अन्तर्गत सीबीसी, इएसआर, फास्टिङ ब्लड सुगर, युरिया, युरिक एसिड, इसीजी, चेष्ट एक्स रे लगायतका चेकअप हुने हस्पिटलले जनाएको छ ।
३. मेल हेल्थ प्याकेज
हस्पिटलले पुरुषहरुका लागि विशेष प्याकेज ल्याएको छ । यस अन्तर्गत सीबीसी, इएसआर, फास्टिङ ब्लड सुगर, आरएफटीलगायत चेकजाँच हुन्छ । यस्तै युरिक एसिड, युरिन, इसीजी, इको, चेस्ट एक्स रे, स्टुल, युएसजीलगायतका परीक्षणहरु ग्रिन्छ । यस विषयमा थप जानकारी निम्न तालिकाबाट पनि थाहा पाउन सकिन्छ ।
४. एक्जुकेटिभ हेल्थ प्याकेज
चिरायु नेशनल हस्पिटलले एक्जुकेटिभ हेल्थ प्याकेज पनि सार्वजनिक गरेको छ । यस अन्तर्गत सीबीसी, इएसआर, युरिक एसिड, लिपिड प्रोफाइललगायतका चेकअप हुन्छ । यस्तै आरएफटी, एलएफटी, टीएफटी, युरिन, इसीजी, इकोलगायतका जाँचहरु ग्रिन्छ । यसको रिपोर्ट विशेषज्ञ डाक्टरले हेरेर आवश्यक सल्लाह सुझाव पनि दिइन्छ ।
५. कम्प्रेहेन्सीभ फिमेल हेल्थ प्याकेज
हस्पिटलले ल्याएको यस योजना अन्तर्गत विभिन्न १७ प्रकारका चेकअप हुन्छ । यस अन्तर्गत सीबीसी, इएसआर, युरिक एसिड, एचपीभी, सेरम टिएसएच, इसिजीलगायतको परिक्षण हुन्छ ।
६. रेगुलर डायबेटिज हेल्थ प्याकेज
ह्स्पिटलले सार्वजनिक गरेको यो प्याकेज अन्तर्गत विभिन्न सुविधाहरु रहेका छन । यस अन्तर्गत एचबी, युरिक एसिड, फास्टिङ ब्लड सुगर, आरएफटी, इसिजी, युरिन, लिपिड प्रोफाइल इत्यादि चेकअप हुन्छ ।
७. बेशिक चाइल्ड हेल्थ प्याकेज
हस्पिटलले बालबालिकाहरुका लागि छुट्टै प्याकेज ल्याएको छ । यस अन्तर्गत दिशा पिसावका विभिन्न जाँचहरु गर्नुका साथै छातीको एक्स रे पनि गरिन्छ । यस्तै गरी युएसजी, न्युट्रिशनल काउन्सिललगायतका सेवाहरु उपलब्ध हुन्छ ।
८. कम्प्रेहेन्सीभ चाइल्ड हेल्थ प्याकेज
हस्पिटलले यस प्याकेज अन्तर्गत बालबालिकाहरुको स्वास्थ्यलाई प्राथमिकताका साथ विभिन्न चेकजाँचहरुलाई समावेश गरेको छ । यस अन्तर्गत सीबीसी, सीआरपी, एलएफटी, आरएफटी, युरिन, चेष्ट एक्स रे, ब्लड ग्रुपिङलगायतका चेकजाँचहरु पर्छन् । यी चेकअपको रिपोर्टहरु विशेषज्ञ चिकित्सकहरुले हेरेर उचित सल्लाह सुझाव दिनेछ ।
९. किड्नी स्क्रिनिङ हेल्थ प्याकेज
चिरायु नेशनल हस्पिटलले किड्नीको हेरचाहलाई पनि विशेष प्राथमिकतामा राखेको छ । यस अन्तर्गत सीबीसी, फास्टिङ ब्लड सुगर, आरएफटी, युरिक एसिड, क्याल्सियम, इसिजी, युएसजीलगायतका चेकजाँच गरिन्छ । यस अन्तर्गत गरिने चेकअपहरु तलको तालिकामा पनि हेर्न सकिन्छ ।
१०. कार्डियाक हेल्थ प्याकेज
ह्स्पिटलले सहुलियत मूल्यमा कार्डियाक हेल्थ प्याकेज पनि सार्वजनिक गरेको छ । जस अन्तर्गत सीबीसी, इएसआर, फास्टिङ ब्लड सुगरलगायतका चेकजाँच हुन्छ । यस्तै आरएफटी, एलएफटी, युरिक एसिड, इको, इसीजीलगायतको पनि चेकअप हुन्छ ।
११. थाइराइड हेल्थ प्याकेज
हस्पिटलले थाइराइडका बिरामीहरुलाई लक्षित गर्दै यो प्याकेज ल्याएको हो । यो प्याकेज अन्तर्गत सीबीसी, इएसआर, ¥यान्डम ब्लड सुगर, टिएफटी, टीपीओ एन्टिबडी, युएसजी नेकलगायतका चेकअप हुन्छ ।
१२. ग्याँस्ट्रो एन्टेरोलोजी एण्ड हेपाटोलोजी हेल्थ प्याकेज
यस अन्तर्गत सीबीसी, इएसआर, फास्टिङ ब्लड सुगर, एलएफटीको चेकअप हुन्छ । यस्तै गरी इन्डोस्कोपी, लिपिड प्रोफाइल, युएसजीलगायतको चेकअप पनि हुने हस्पिटलले जनएको छ ।
१३. कम्प्रेहेन्सीभ डायबेटिज प्याकेज
हस्पिटलले ल्याएको अर्काे आकर्षक प्याकेज हो, कम्प्रेहेन्सीभ डायबेटिज प्याकेज । जसमा विभिन्न १७ प्रकारका स्वास्थ्य चेकअप हुन्छ । यसमा सीबीसी, ब्लड सुगर, एचबीए वान सी, आरएफटी, एलएफटीलगायतका चेकअप हुन्छ । यस्तै गरी लिपिट प्रोफाइल, फ्रि थाइराइड टेस्ट, युरिक एसिड, इसीजीलगायतका चेकअप पनि गरिने हस्पिटलले जनाएको छ ।