काठमाडौं- शुक्रवारबाट देशभरका हलमा चलचित्र ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । यो चलचित्रले एकल प्रदर्शन अवसर पाएको हो ।
फिल्ममा रेअर राइ, नीति शाह, नवीन मानन्धर, महेश त्रिपाठी, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दीपचन्द्र राई, शान्तिला तामाङ लगायतको अभिनय छ ।

‘खजुरे ब्रो’ सुरज सुनुवारको लेखन तथा निर्देशन रहेको फिल्म हो । साथीको सम्बन्ध र पैसाले श्रीमान् श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा बोल्ने फिल्म सुरज सुनुवार र नवीन मानन्धरले निर्माण गरेका हुन् ।
फिल्मले सहकारी ठगीको विषय समेत गम्भीर रूपमा उठाएको हो ।