काठमाडौ – काठमाडौलाई बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने सबैभन्दा छोटो बाटो चन्द्रागिरि सडकको स्तरोन्नतिका लागि बजेट स्वीकृत भएको छ ।
चित्लाङ चन्द्रागिरी थानकोट सडकको स्तरिकरणका लागि ७ करोड ९९ लाख बराबरको रकम स्वीकृती प्राप्त भएको हो ।
मकवानपुर २ का सासद महेश वर्तौलाका स्वकिय सचिव आशिष अस्लामिका अनुसार बहुबर्षिय ठेक्का खोल्ने गरि अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो ।
बर्तौलाको अगुवाइमा गत साता मकवानपुरका सबै राजनैतिक पार्टीका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समस्याको सम्बोधन गर्न आग्रह गरेका थिए ।
भेटका लागि बर्तौलासहित संबिधान सभा सदस्यहरु मा. रामनारायण बिडारी र मा. सुभाष ठकुरी, नेपाली काँग्रेसको नेता जयराम लामिछाने, थाहानगर प्रमुख बिष्णु बिष्ट ‘आदर्श’, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनी लगायत प्रधानमन्त्री कार्यालय पुगेका थिए । सबैको साझा पहलपछि उक्त रकम विनियोजन भएको हो ।
गत पुस २८ गते कार दुर्घटनामा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो ।
ऐतिहासिक महत्व बोकेको यो सडक भएर काठमाडौबाट एक घन्टाभित्रै चित्लाङ पुग्न सकिन्छ । यो सडकलाई उत्तरी मकवानपुरको विकासको ढोका मानिन्छ ।