Nexkhabar

चन्द्रागिरिमा सेतीदेवी र बुद्धको मूर्ति स्थापना (भिडियोसहित)

चित्लाङ – मकवानपुर र काठमाडौंलाई जोड्ने सबैभन्दा छोटो मार्ग चन्द्रागिरिको सेतोपहरा सडकखण्डमा सेतीदेवी र बुद्धको मूर्ति स्थापना गरिएको छ । गत पौष २८ गते एकै परिवारका पाँच सदस्यको ज्यान जाने गरी सवारी दुर्घटना भएपछि भगवानको मूर्ति स्थापना गरिएको हो ।

स्थानीय हरि महतको पहलमा उक्त मूर्ति स्थापना गरी प्रतिक्षालय र सौर्यबत्तीको को समेत व्यवस्था गरिएको छ । सो क्षेत्रमा सवारी चालकहरुले आप्mनो सवारीसाधनको नम्वर लेखेर ऐनासमेत टाँग्न थालेका छन् । भगवनाको मूर्ति स्थापना गरी र ऐना चढाउनाले दुर्घटना नहुने जन विश्वास रहि आएको छ ।

दुर्घटनापछि अहिले सडकलाई थप स्तरीकरण गरिएको छ । हाल बाटोलाई केही फराकिलो बनाएर पर्खालहरु निर्माण गरिएको छ । चित्लाङदेखि पानी ल्याएर बाटोलाई थप सुरक्षित बनाउने काम भईरहेको सडक सरोकार समितिका संयोजक रामशरण नेपालले जानकारी दिए ।

गत पौष २८ गते यो ठाउँमा काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको कार दुर्घटनामा ४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा ३८ वर्षीय डा महेशकुमार गौतमसहित उनका ४ वर्षीय छोरा प्रियान्स गौतम, ६ वर्षीया छोरी स्मारिका गौतम, ६७ वर्षीय ओमकार निधि तिवारी र ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको थियो ।

केन्द्रिय राजधानी काठमाडौं प्रदेश राजधानी हेटौंडालाई जोडने सबैभन्दा छोटो यो मार्गको ट्रयाक खुलेको ६८ वर्ष वित्दा पनि कालोपत्रे हुन सकेको छैन । राणाकालमा कुलेखानी, भीमफेदी हुँदै यही बाटो भएर काठमाडौंमा गाडी बोकेर ल्याइन्थ्यो  ।

यो सडकको लम्वाइ थानकोट गोदामदेखि मकवानपुर भंज्याङसम्म करिब २२ किमि छ । थानकोट–चित्लाङ सडक योजना भनेर ०७० यता करिव ३० करोड बजेट खर्च भईसकेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top