Nexkhabar

घट्यो सुनचाँदीको भाउ, कति छ मूल्य ?

काठमाडौं –  आज बजारमा सुन चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ९५ (१३९५) रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top