Nexkhabar

घटस्थापनाको दिनसम्म पानी पर्ने

काठमाडौं । आज अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने पूर्वानुमान गरिएको छ ।

मौसमविद्लेका अनुसार मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो । मंगलबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको मौसमविद्ले बताएका छन् । घटस्थापनाको दिनसम्म पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ । गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top