Nexkhabar

ग्रीन डेभलपमेन्ट बैंक : दुई आर्थिक वर्षको साधारण सभा एकैपटक

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले २ आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारण सभा चैत २७ गते गर्ने भएको हो ।

सभामा शेयरधनीहरुलाई ३ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव छ । सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले चैत ९ गते बुक क्लोज हुनेछ । यस बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम रहने शेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एण्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top