Nexkhabar

कोटेश्वर दुर्घटनामा घाइते भएका ट्राफिक प्रहरीको उपचार क्रममा मृत्यु

काठमाडौं-  काठमाडौंको कोटेश्वरमा बस दुर्घटना हुँदा घाइते भएका ट्राफिक प्रहरी जवानको  उपचारको क्रममा मृत्यु भएको छ ।

कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई फागुन २० गते प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनको आइतबार दिउँसो माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खत्रीको आइसियूमा उपचार हुँदै आएको थियो।

एसएसपी श्रेष्ठका अनुसार शव परिवारलाई बुझाइएको छ । उनको दाहसंस्कार स्थल सर्लाही हुनेछ । बस चालक नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top