Nexkhabar

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं- कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा रहेको सहकारीको बचत अपचलन आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार सार्वजनिक गरेको हो।

प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष तनहुँ घर भई गोकर्णेश्वर बस्ने ४३ वर्षीय तेजबिक्रम थापासहित चार जनालाई सार्वजनिक गरेको हो।

ललितपुर महानगरपालिका वडा नम्बर १८ बस्ने व्यवस्थापक, काठमाडौंको कीर्तिपुर बस्ने ५३ वर्षीय भीमसेन महर्जन र चाबहिल बस्ने सदस्य ४७ वर्षीय ४७ वर्षीय सञ्जय सापकोटा पनि पक्राउ परेका छन्। सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भन्ने उजुरी सहकारी विभाग नयाँ बानेश्वरमा परेको थियो।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार प्रहरीमा पाँच सय ६६ जना पीडित छन्। उनीहरूले ६५ वटा जाहेरी प्रहरीमा दिएका छन्।

जसबाट ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ बराबरको ठगी गरेको आरोप उनीहरूमाथि छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top