Nexkhabar

कुमारी बैंकको २३ औं साधारण सभा सम्पन्न

काठमाडौं – कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा आइतबारका काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । त्यस्तै, लेखा परीक्षण प्रतिवेदन सहित आ.व. २०७९/८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.व.२०८०/८१ को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ ।

उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक चुनावमा संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

Loading spinner

प्रतिक्रिया

Scroll to Top