Nexkhabar

कीर्तिपुरमा जुवातास खेलिरहेका २३ जना पक्राउ

काठमाडौं-  काठमाडौँको कीर्तिपुरमा शनिबारको दिन २ स्थानमा जुवातास खेलिरहेका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले भक्त बहादुर राई सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले ४५ हजार नगद र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

शनिबार दिउँसो कीर्तिपुर नगरपालिका–६ का ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवा खेलिरहेको अवस्थामा मनिकराम महर्जन सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कीर्तिपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले ३८ हजार ५ सय ९९ नगद र ३ बुक ताससहित पक्राउ गरेको हो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top