Nexkhabar

किशोरीको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

मोरङ –  १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा बेलबारी नगरपालिका–२ का एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

बेलबारी–२ का २२ वर्षीय अभिषेक श्रेष्ठलाई मंगलबार आफ्नै घरमा जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

युवकविरुद्ध उजुरी परेपछि इलाका प्रहरी बेलबारी चौकीमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top