Nexkhabar

एसईईमा ४७.८६ प्रतिशत मात्रै उत्तिर्ण, ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते

काठमाडौं- माध्यामिक शिक्षा परीक्षा (एसइई) को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार बिहान नतिजा सार्वजनिक गरेको हो।

सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विध्यार्थी उत्तिर्ण भएका छन्।

माध्यामिक शिक्षा परीक्षा (एसईई)मा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर सो संख्याका विद्यार्थी नन ग्रेडेड अर्थात फेल भएको जानकारी दिएको हो ।

बोर्डका अनुसार उत्तीर्ण हुने विद्याथीमध्ये १.६० बाट दुई सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपी २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २०.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् ।
परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी थिए ।

नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरबाट प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।

बोर्डका अनुसार नेपाल टेलिकममार्फत एसएमएस र आईभीआर (१६०० सर्टकोड) मार्फत हेर्न सकिनेछ । यस्तै स्विफ्ट टेक्नोलोजी, जानकी टेक्नोलोजी, इजी सर्भिस र आकाश टेकमार्फत एसएमएसमार्फत क्रमशः सर्टकोटहरु ३४४५५, ३५००१, ३४९४९, ३१००३ प्रयोग गरेर हेर्न सकिनेछ । 

यस्तै राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np लगायतका वेबसाइट प्रयोग गरेर हेर्न सकिनेछ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ । आज सार्वजनिक भएको नतिजा अनुसार दुई लाख ४२ हजार विद्यार्थीको एनजी (नन ग्रेडेड) आएको छ । 
जसमा दुई विषयमा एनजी आएका विद्यार्थीहरूले साउन १८ गते र १९ गते हुने परीक्षामार्फत ग्रेड वृद्धि परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बताए । 
एक लाख १५ हजार ८३४ जनाले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ । जसमा ४८ हजार ३८ विद्यार्थीको एक विषयमा एनजी आएको छ भने ६७ हजार ८०० विद्यार्थी दुई विषयमा एनजी आएको छ ।
Loading spinner

प्रतिक्रिया

Scroll to Top