Nexkhabar

एशियन लाइफ इन्स्योरेन्स : लाभांश घोषणा, हकप्रद प्रस्ताव

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । माघ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७.७५ प्रतिशत बोनस शेयर र सो को लागि आवश्यक पर्ने कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै कम्पनीले प्रस्तावित बोनसपछि ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top