Nexkhabar

एआई विशेषतासहितको नयाँ ग्यालेक्सी एस २४ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं – सामसङको एआई विशेषतासहितको नयाँ ग्यालेक्सी एस२४ सिरिज नेपालमा सार्वजनिक भएको छ ।

१२ माघमा काठमाडौंको मेरियट होटलमा आयोजित कार्यक्रममा सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृङ्खला खतिवडाले नयाँ ग्यालेक्सी एस२४ सिरिजको अनावरण गरेका थिए ।

सामसङ ग्यालेक्सी एआईको साथ अल्ट्रा–पर्सनालाइज्ड युजर–एक्सपिरिएन्स प्रदान गरेर टेक्नोलोजी ल्यान्डस्केपलाई नयाँ आकार दिइएको छ । कम्पनीको पहिलो एआई सञ्चालित फोनले ग्यालेक्सी विशेष पर्फर्मेन्स र एक्सपिरिएन्सलाई जोड्ने छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस२४ सिरिजले नेटिभ कल एप भित्र वास्तविक समय, दुई–तर्फी कल अनुवादहरूमै प्रत्यक्ष अनुवाद सुविधा प्रदान गर्ने छ । यस सुविधाले, अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि, आफ्नो प्रयोगकर्ताको लागि १३ भाषाहरूमा अडियो र टेक्स्ट अनुवादहरूलाई समर्थन गर्दछ ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top