Nexkhabar

उपत्यकाको तामक्रम यस वर्षयताकै कम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षयताकै कममा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७।६ डिग्री सेल्सियसमा ओर्लिएको हो। यो काठमाडौँ उपत्यकाका लागि २०८१ सुरु भएयताकै कम तापक्रम हो। यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।

महाशाखाको सूचीमा आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस छ। अनि सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाँकेको नेपालगन्जमा १३.५ डिग्री सेल्सियस छ। आजको अधिकतम तापक्रम भने बेलुका सार्वजनिक हुनेछ।

अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top