काठमाडौं- इरानमा इन्टरनेट बन्द गरिएको छ।
इरानमा साताको बुधबारदेखि देशभरि इन्टरनेट सेवा बन्द गरिएको हो ।गत बुधबार इरानमा साइबर हमला गरी करोडौंको डिजिटल सम्पत्ति चोरी भएपछि इन्टरनेट ब्ल्याकआउट गरेको थियो।
त्यतिबेला इरानको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज नोबिटेक्समाथि साइबर हमला गरेर ९ करोड डलरभन्दा बढीको डिजिटल सम्पत्ति चोरी गरेको बताइएको छ।उक्त घटनामा इसराइली समर्थक ह्याकरहरूको समूह प्रेडेटरी स्प्यारो गोन्जेश्के दारान्देुले जिम्मेवारी लिएको थियो।
इन्टरनेट सेवा बन्द भएपछि इरानबाहिर रहेकाहरूले आफ्ना आफन्तहरू सामाजिक सञ्जामार्फत कुराकानी गर्न पाएका छैनन्। मोबाइल र टेलिफोन सेवा भने सञ्चालनमा छ। इरानबाहिर रहेकाहरूले सिधै मोबाइल र टेलिफोनमा सम्पर्क गरेर हालखबर सोधिरहेका छन्।
त्यसरी फोन गर्नेहरुले अनौठो सन्देश सुनेको भनेर अमेरिकी मिडिया सिएनएनले जनाएको छ। त्यस्तो सन्देश मोबाइलमा फोन गर्दा मात्रै सुनिएको बताइएको छ।
इरानका परमाणुस्थलमा हवाई आक्रमणपछि अमेरिकाले उच्च सतर्कता अपनाएको छ । शनिबार राति भएको हमलाको जवाफमा इरानले अमेरिकामाथि गर्ने आक्रमणको डर अमेरिकीहरूसम्म पुगेको छ ।
फक्स न्यूजका अनुसार इरानले आफ्नो नौसेना शक्तिले होर्मुजको जलडमरूम बन्द गर्ने लगायत धेरै तरिकाले बदला लिन सक्छ भन्ने अमेरिकी गुप्तचर एजेन्सीहरूले चेतावनी दिएका छन् । यो चेतावनीपछि न्यूयोर्कको प्रहरी विभागले एक्समा एउटा पोस्टमा सतर्कता अपनाउँदै न्यूयोर्कका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा अतिरिक्त सुरक्षा बढाइएको बताएको छ ।
वासिङ्टन डीसी, लस एन्जलस र सान फ्रान्सिस्को जस्ता प्रमुख अमेरिकी सहरहरूमा हाई अलर्ट घोषणा गरिएको छ । विमानस्थल, सैन्य अड्डा र सार्वजनिक स्थानहरूमा सुरक्षा बढाइएको पनि खबर आएको छ ।