Nexkhabar

‘आवास र निर्माण नेपाल २०२४’ एक्सपो हुँदै

काठमाडौं-  काठमाडौंको भृकुटीमण्डपमा ‘आवास र निर्माण नेपाल २०२४’ एक्सपो हुने भएको छ। आगामी २०८१ साल वैशाख २७ गतेदेखि ३० गतेसम्म एक्सपो संचालन हुन लागेको हो ।

विगत ३३ वर्षदेखि प्रदर्शनीको क्षेत्रमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको हाउस अफ राजकर्णिकारले आयोजना गर्न लागेको हो। हाउस अफ राजकर्णिकार बिटुबी र बिटुसी आगन्तुकहरूलाई आकर्षित गर्ने हरेक प्रविधिमा पोख्त मात्र नभई आवास र निर्माण क्षेत्रका व्यवसायिक र संस्थागत समुदायसँग चिरपरिचित रहेको बताइएको छ।

हाउस अफ राजकर्णिकारले विगतमा एनएलएच डिएको स्वामित्वमा २ सफल आवास र निर्माण एक्सपोहरू आयोजना र व्यवस्थापन गरिसकेको छ। यो एक्सपो महत्त्वपूर्ण उद्योगका बिक्रेताहरूका लागि आवास र निर्माण नेपाल २०२४ बजारमा विश्वास देखाउने र क्रेताहरूमा विश्वास जगाउने ठूलो अवसर रहेको आयोजकको भनाइ छ।

आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट यो एक्सपो प्रेरित भएको हो।

Loading spinner

प्रतिक्रिया

Scroll to Top