Nexkhabar

आज २०८० को अन्तिम दिन, कस्तो रहला मौसम ?

काठमाडौँ उपत्यकामा आज (शुक्रबार) पनि हावाहुरी र वर्षाको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार अपराह्नदेखि साँझसम्ममा काठमाडौँ उपत्यकामा हावाहुरी तथा हल्का वर्षा हुने सम्भावना छ।

‘उपत्यकामा अपराह्नतिर वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् प्रधानांगले भने, ‘सामान्य हावाहुरी पनि चल्ने सम्भावना छ।’

दिउँसोपछि भने आकाशमा बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना देखिएको मौसमविद्को भनाइ छ।

हिजो बिहीबार पनि काठमाडौँ उपत्यकामा सामान्य हावाहुरी र हल्का वर्षा भएको थियो ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top