काठमाडौँ – नेपाली बजारमा आज शुक्रवार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै छापावाल सुन तोलामा १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।