काठमाडौं – गुगलले अब नेपालभाषालाई पनि उल्था गर्ने भएको छ ।
यसअघिनै अंग्रेजी, चिनियाँ हिन्दि नेपालीसहित १३३ ओटा भाषामा उल्था गर्ने सुबिधा रहेको गुगलले नयाँ ११० भाषा थपेको घोषणा गरेको छ। कम्पनीले यसमा नेवारी भाषा पनि थप गरेको हो। यससँगै कूल १४३ भाषामा उल्था गर्ने भएको छ।
नयाँ थपिएका भाषाहरुमध्ये एक चौथाइ अफ्रिकी मुलुकमा बोलिने भाषाहरु छन् । गुगलले कतिपय भाषा लोपजस्तै भएपनि त्यसलाई अनुवादमा समावेश गरिएको जनाएको छ।
“हामीले १ हजार भाषाहरूको पहल घोषणा गर्यौं, एआई मोडेलहरू निर्माण गर्ने प्रतिबद्धता जसले विश्वभरि १ हजार धेरै बोलिने भाषाहरूलाई समर्थन गर्नेछ।
“अब, हामीले समर्थन गर्ने भाषाहरूको विविधता विस्तार गर्न एआई प्रयोग गर्दैछौं। हाम्रो पाल्म २ (PaLM 2) ठूलो भाषा मोडेलको लागि धन्यवाद, हामी गुगल अनुवादकमा ११० नयाँ भाषाहरू रोल आउट गर्दैछौं, जुन हाम्रो सबैभन्दा ठूलो विस्तार हो,” गुगलले ब्लगपोस्टमा भनेको छ।
गुगलले २०७० सालदेखि नेपालीमा पनि अनुवाद गर्न थालेको थियो।