काठमाडौं- अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
सोमबार बिहान पौने १० बजे मेल्लेख गाउँपालिका वडा नम्बर ७ मा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो। सु-प्र-०१००२ च ४९७९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी सन्तोष पाठकका अनुसार दुर्घटनामा तीन जना घाइते छन्। उनीहरूलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ।