काठमाडौं – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो(सिआईबी)ले पक्राउ गरेका ११ जना बैंकर छुटेका छन् ।
सिआईबीले नेपाल बैंकर्स संघ र परिवारको जमानतमा दैनिक हाजिर हुनेगरी हिरासत मुक्त गरेको हो । बैंकरहरु १७ दिनदेखि सिआईबीको हिरासतमा थिए ।
सीआईबीले १५ फागुनमा तत्कालीन सेन्चुरी बैंकका सिईओद्वय तुल्सिराम गौतम र मनोज न्यौपाने (हाल प्रभु बैंकका सिनियर डेपुटी सिईओ)सहित सेञ्चुरी बैंकका कर्मचारीहरु राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो ।
उनीहरुलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले २८ फागुनमा जिल्ला अदालतबाट अनुमति लिएको थियो । तर गृहमन्त्रीबाट नारायण काजी श्रेष्ठको बहिर्गमन र रबि लामिछानेले मन्त्रालय सम्हालेपछि बैंकर रिहाईको बाताबरण बनेको हो ।
प्रहरीले बैंकिङ नै नबुझी धरपकड गरेको भन्दै बैंकरहरुले आन्दोलन गर्ने चेतावनी दिदै आएका थिए ।