Nexkhabar

१६ वर्षीया किशोरीलाई बलात्कार आरोपमा एक जना पक्राउ

पाल्पा-  पाल्पामा १६ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नवलपरासी पूर्वको विनय–त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय बुद्धबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी चौकी मादिफाँटको टोलीले बुधबार राति उनलाई नियन्त्रणमा लिएको हो ।

उनीमाथि सोमबार राति तानसेन नगरपालिका–९ दमकडा बेलडाँडास्थित घरमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading spinner

प्रतिक्रिया

Scroll to Top